पत्रकार खनिया मृत फेला 


काठमाडौँ । पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् ।  काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उनी  बस्दै आएको घरमा पत्रकार खनिया आइतबार मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
 
घरको  चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।