काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापालाई दिइएको छ ।
यसअघिका सूचना अधिकारी तथा प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालाई सो जिम्मेवारी दिइएको हो ।
उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया