प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता


काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि आइतबार कांग्रेसले आयोगमा दल दर्ता गराएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारको बैठकले पार्टी दर्ता निर्णय गरेको थियो । सोही निर्णयअनुसार माघ ११ को राष्ट्रियसभा र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गरेको हो ।