प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, पार्टीको चुनाव चिन्ह आँखा


काठमाडौँ । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारसहितको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतबार राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो। पार्टीको चुनाव चिन्ह आँखा रहेको छ । पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने बताइएको छ ।

कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका सन्तोष परियारलगायतबीच एकता गर्ने सहमति भएको थियो ।