प्रचण्ड ‘जनताको घरमा बास, जनताको चुलोको गाँस !‘ अभियानमा


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ‘जनताको घरमा बास, जनताको चुलोको गाँस !’ अभियान सुरु गरेका छन् ।

अभियानअन्तर्गत शनिबार राति नुवाकोटको पञ्चकन्यामा बास बसेका छन् । नेकपाका नेता रामप्रसाद सापकोटाले शनिबार काठमाडौँमा जेनजीसँग नेकपा कार्यक्रम सकेर संयोजक प्रचण्ड राति नुवाकोटको पञ्चकन्या पुगेका हुन्।