सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच बालुवाटारमा वार्ता, आमहड्ताल फिर्ता लिने सहमति


काठमाडौँ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच मंसिर ७ गतेदेखि गर्ने भनिएको आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता यस्तो सहमति भएको हो ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको थियो । छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका जायज मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।

त्यस्तै महाभियानले मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति जनाएको छ। अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ।