काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेनजर्सलाई १९४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनायो । सुदूरपश्चिमका जोश ब्राउनले ६८, विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ रन बनाए ।
पोखराका जेम्स निशमले ३ विकेट लिए । प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पोखरा पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई हराउँदै विजयी शुरुवात गरेको थियो ।

प्रतिक्रिया