सुदूरपश्चिमविरुद्ध टस जितेर पोखरा फिल्डिङमा


काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन् ।

यसअघि पहिलो खेलमा बिराटनगर किंङ्गसँग पोखरा पराजित भएको थियो। यसअघि काठमान्डू गोर्खाजलाई हराएको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जित निकाल्ने दाउमा छ।