चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउदै १४२ रन बनायो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ६६ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २१, सैफ जैबले १५ र देव खनालले १४ रन बनाएका छन् ।

त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिएका थिए भने अभिषेक गौतम र गुलबदीन नैबले २–२ विकेट लिएका थिए ।