काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी शुरुवात गरेको छ । बुधबार सुदूरपश्चिमले काठमाण्डू गोर्खाजलाई २९ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको काठमाण्डू १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १८ रन मात्रै बनाउन सक्यो । काठमाण्डूका आकाश त्रिपाठीले ३४ र जोन जिमसनले २४ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मित सिंहले समान २ विकेट तथा नरेन साउद, अविनाश बोहोरा र इशान पाण्डेले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनायो ।
सुदूरपश्चिमका हर्मीत सिंहले ५३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । काठमाण्डुका कप्तान करण केसीले ४ विकेट लिए ।

प्रतिक्रिया