बेलायतको बकिङ्हम्शरमा रेलमार्ग निर्माण भइरहेको स्थानमा फेला परेको एउटा अस्थिपञ्जर लौहयुगमा हत्या गरिएका एक व्यक्तिको हुनसक्ने पुरातत्वविद्हरूले बताएका छन् । झन्डै २ हजार वर्ष पुरानो नरकङ्काल भुइँमा घोप्टिएको र दुवै हात ढाडतिर लगेर पछाडिपट्टि बाँधिएको अवस्थामा भेटिएको थियो ।
रेलमार्ग एचटुएस निर्माण आयोजनाकी पुरात्त्वविद् र्याशल वुडले ती वयस्क पुरुषको मृत्युलाई एउटा रहस्य को सङ्ज्ञा दिँदै थप विश्लेषणले कारण स्पष्ट हुनसक्ने बताइन् । त्यहाँ प्राचीन स्टोनहेन्ज स्मारकको जस्तै काठको एउटा संरचना र रोमन शैलीको समाधि पनि फेला परेका छन् । उक्त स्थानमा रेलमार्गको निर्माणका क्रममा नवपाषाणयुगदेखि मध्ययुगसम्मका वस्तुहरू फेला परेका छन् ।
कुलीन वर्गका मानिसको अन्तिम संस्कारका लागि प्रयोग हुने लौहयुगीन स्थल पनि फेला परेको छ । उक्त स्थलनजिकै एउटा खाल्डोमा इसापूर्व १००० तिरको एउटा सुनको सिक्का पनि भेटिएको छ ।
उक्त स्थलनजिकै एउटा खाल्डोमा इसापूर्व १००० तिरको एउटा सुनको सिक्का पनि भेटिएको छ । त्यहाँ भेटिएको नवपाषाणयुगमा निर्मित काठका थामहरूको गोलो घेराको व्यास ६५ मिटर छ । उक्त संरचना स्टोनहेन्जमा जस्तै हिउँदे अयनान्तसँग मिल्नेगरी बनेको छ । सो स्थानमा इसापूर्व ३००० देखि इस्वी संवत् ४३ सम्म मानिसहरूको बसोबास भएका विभिन्न प्रमाणहरू भेटिएको छ।

प्रतिक्रिया