काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जेनजी व्रिदोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै नचेतेको बताएका छन् ।
मंगलबार सामामजिक संजालमार्फत श्रेष्ठले मधेस प्रदेशमा तत्कालीन प्रदेश प्रमुखमार्फत एक होटलमा गराइएको मुख्यमन्त्रीको शपथ त्यसैको उदाहरण भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘हिजो मधेस प्रदेशमा तत्कालीन प्रदेश प्रमुखमार्फत एक होटलमा जुन प्रकारले कथित मुख्यमन्त्रीलाई शपथ गराइयो, यसले के स्पष्ट गर्दछ भने राजनीतिक पार्टी र नेताहरु यत्रो जेनजी विद्रोह पछि पनि चेतेका छैनन् । जेनजी विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरुको शुद्धीकरण र रुपान्तरण हो भन्ने कुरालाई लत्याएर अघि बढ्न खोज्ने प्रवृत्ति प्रमुख राजनीतिक पार्टी र नेताहरुमा अहिले पनि विभिन्न घटनाहरुमा देखिएका छन्, जुन ज्यादै घातक छ । तसर्थ जेनजी आन्दोलनकारीहरू र यो विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने सबैले पुनः एकपटक राजनीतिक पार्टीहरूको शुध्दीकरण तथा रुपान्तरणको मुद्दालाई सार्थक एवं परिणाममुखी बनाउन जोडदार रुपमा आवाज उठाउनु पर्ने भएको छ ।’
उनले जेनजी विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरूको शुद्धीकरण र रूपान्तरण नै भएको बताए।

प्रतिक्रिया