काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार आगामी मंसिर एक गतेबाट सुरु हुने गरी सिजन दोस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता जनकपुर वोल्सले काठमाडौँ गुर्खाज भिड्ने भएका छन्। उक्त दिन एक खेल मात्रै रहेको छ भने खेल ४ बजेबाट सुरु हुनेछ। यस्तै खेल फ्लडलाइडमा हुनेछ ।
दोस्रो दिन दुई खेल हुनेछ भने तेस्रो, चौथो र पाँचौँ दिन पनि समान एक खेल हुनेछ। दिनमा दुई खेल हुँदा पहिलो खेल ११ ४५ तथा दोस्रो खेल ४ बजेबाट सुरु हुनेछ। यस सिजन पनि अघिल्लो सिजनको जस्तै आठ टोलीको सहभागिता रहेको छ ।
दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स तथा बिराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछ । यस्तै, प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ।


प्रतिक्रिया