काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु ‘निन्दनीय’ भएको बताएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक संजालमार्फत भनेका छन्, ‘मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ । १६८(२) को सरकार बन्ने संभावना छँदै, मञ्चन भएको ‘प्रहसन’ लाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ ।‘
मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १०३ बमोजिम एमाले दलका नेता सरोज कुमार यादवलाई कात्तिक २३ गतेको पत्रमा आज बिहान मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया