जनकपुरधाम । मधेश प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन् । नेकपा एमालेबाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री नियुक्त भएका हुन् ।
सोमबार बिहान नियुक्त भएका उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । एमाले केन्द्रीय सदस्य एवम् संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख भण्डारीले बिहानै नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रदेश प्रमुख भण्डारीले यादवलाई बर्दिबास र सिन्धुलीको सिमानास्थित एक होटलमा नियुक्तिपत्र प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया