काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन ९० दिनभित्र गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेका छन् ।
आइतबार सामाजिक संजालमार्फत शर्माले विधानको दफा १७(२)मा ९० दिनभित्र विशेष महाधिवेशन गर्नु स्पष्ट निर्देशन रहेको उल्लेख गर्दै यो नै अहिलेको बाध्यता रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा अहिलेको मूल प्रश्न यो होइन, मूल प्रश्न जे हो त्यसलाई प्रष्ट ढंगले बुझौँ । नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन । महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२)को स्पष्ट निर्देशन छ । यो बाध्यात्मक छ ।’
उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न भएको बताए ।

प्रतिक्रिया