काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प नभएको बताएका छन् ।
‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले पटक पटक आफ्नो आलोचना गर्न थालेपछि आइतबार सामाजिक संजालमार्फत गृहमन्त्री अर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएकाले कतिपय विषयमा के गर्दैछौँ भन्ने नमिल्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।’

प्रतिक्रिया