गुण्डुमा ओली-झलनाथ भेटवार्ता


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच  भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीको निवास गुण्डुमा मंगलबार राति भेटवार्ता भएको हो । दुई नेताबीचको भेट सकारात्मक रहेको एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन् ।

नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेका छन् । उनीहरु पनि एमाले फर्किने तयारीमा रहेको बताइएको छ ।