काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गरेर ‘वाम प्रगतिशील ध्रुवीकरण अभियान घोषणा’ गर्ने भएका छन् ।
शर्माले आज दिउँसो अभियानको घोषणा गर्न लागेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टी विभिन्न ९ वटा दलसँग माओवादीले एकता गर्ने घोषणा गरेपछि शर्मा असन्तुष्ट बनेका थिए ।
त्यसपछि उनी माओवादी छोड्ने निर्णयमा पुगेका हुन् । यसअघि नै शर्माले सचिवालय बैठकमा एकता गर्नु गलत भएको बताएका थिए । त्यही बेलादेखि उनी माओवादीको पुनर्गठन गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया