काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना एसएसपीको डीआईजीमा बढुवा गरेको छ । सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् ।
बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार खत्री सीआईबीमा, भट्टराईलाई अपराध अनुसन्धान विभागमा, अधिकारीलाई उपत्यका प्रहरी कार्यालय, खनाल अख्तियारमा र काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् । कात्तिक ९ गते उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।

प्रतिक्रिया