काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडैलको बोहोराटारस्थित निवासको निरीक्षण गरेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको राष्ट्रपति निवासको सोमबार गृहमन्त्रीले निरीक्षण गरेका हुन् ।
त्यसक्रममा गृहमन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने बताए । त्यसैगरी गृहमन्त्रीले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ ।

प्रतिक्रिया