काठमाडौँ । नियमित महाधिवेशन गर्न दबाब दिँदै नेपाली काँग्रेसका युवाहरूले काँग्रेस सुधार अभियान अभियान सञ्चालन गरेका छन् ।अभियानले पार्टी कार्यालयमा रहेको सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका छन् भने पार्टी कार्यालयको गेटमा तालाबन्दी गरेका छन् ।
नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित नाराबाजी गरेका छन् । उनीहरूले नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गर्न, आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगर्न माग गरेका छन् ।

प्रतिक्रिया