बालेन लक्षित शिक्षामन्त्रीको टिप्पणीः सर्को ताने त केही छैन, तर….


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गएराति सामाजिक सञ्जालमा लेखेर मेटेको एक स्टाटसलाई लिएर उनको आलोचना भइरहेको छ । नेकपा एमालेका नेता कार्यकर्ताले त बालेनलाई गिरफ्तार गर्न माग गरिरहेका छन् ।

बालेनले आफ्नो स्टाटस डिलिट गरेपनि त्यसको स्क्रिनसट सामाजिक संजालमा भाइरल बनाइएको छ । बालेनले राजनीतिक दल, भारत, अमेरिकालगायतलाई गाली गरेर स्टाटस लेखेका थिए । बालेनले गाजा खाएर यस्तो स्टाटस लेखेको भन्दै आलोचना भइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि बालेन लक्षित स्टाटस लेखेका छन् ।

मन्त्री पुनले केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेला ‘सर्को तानेर’ बोलेको र लेखेको जस्तो लाग्छ भनेका छन् ।

उनले लेखेका छन्, ‘केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’