काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशन काठमाडौंमै हुने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशन स्थल परिवर्तन गर्दै काठमाडौंमै गर्ने निर्णय गरेको हो ।
यसअघि एमालेले पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको थियो । उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले महाधिवेशन मंसिर २७–२९ सम्म काठमाडौंमै गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै बैठकले प्रतिनिधिसभा पुनःस्थापनाका लागि दबाब दिने उद्देश्यले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय गरेको छ । संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाको लागि भन्दै एमालेले वडादेखि केन्द्रसम्म जनपरिचालन गर्ने निर्णय गरेको हो ।
ज्ञवालीकाअनुसार कात्तिक २१ गते देशका ६ हजार ७ सय ४३ वडामा जनभेला र कात्तिक २५ गते पालिकाहरूमा प्रदर्शन गर्ने, कात्तिक २९ गते जिल्लामा जनसभा हुनेछन् ।

प्रतिक्रिया