काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन् ।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा लिखित धारणा राख्दै एकता प्रक्रिया छाडेर पार्टी पुनर्गठन गर्न माग गरेका हुन् ।
उनले एकीकृत एकीकृत समाजवादीसँगको एकताले देशको राजनीतिक संकट समाधान नगर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘आजको देशको राजनीतिक सङ्कट समाधान गर्नेभन्दा पनि, यस्तो एकताले विगतदेखि कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहासलाई दोहोर्याउनेछ । हाम्रो पार्टीको आधार स्तम्भको रूपमा रहेका शहीद, बेपत्ता, घाइते योद्धाहरूको सपना, त्याग र आकाङ्क्षालाई बेवास्ता गर्ने यो प्रक्रिया वास्तविक समाधान होइन, कम्युनिस्ट आन्दोलनको विघटनको बाटो रोजेको छ । त्यसैले, यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु ।’


प्रतिक्रिया