काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । पुरुष टोलीको जिम्मेवारी सम्हालेका म्याट रसले एन्फा कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् ।
नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईले उनले राजीनामा पेस गरेको जानकारी दिए । २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकको रूपमा एन्फाले म्याट रसलाई जिम्मेवारी सुम्पिएको थियो ।

प्रतिक्रिया