माघ ११ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने


काठमाडौँ । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको हो ।

फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेसँगै ती स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ ।