फ्रान्सको दक्षिणपश्चिम भेगमा अनुहार ढाक्ने मास्क लगाउन अटेरी गरेका यात्रुहरूले गरेको कुटपिटका कारण एक बस चालक मृत्युको मुखमा पुगेका छन् । बायोनस्थित ती बस चालकले टिकट पनि साथमा नभएका र मास्क पनि नलगाएका कैयौँ यात्रुलाई बसभित्र आउन अनुमति दिएका थिएनन् ।
आइतबार राति भएको उक्त घटनामा ती केही यात्रुले चालकलाई कुटेका थिए । त्यसपछि उनी मस्तिष्क मृत्युभएको अवस्थामा पुगेका छन् । कुटपिटका कारण ती चालकको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ । सो घटनालाई लिएर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । फ्रान्समा सार्वजनिक सवारीसाधन चढ्न मास्क अनिवार्य गरिएको छ ।
मजदुर युनियनका सूत्रले स्थानीय रेडियो स्टेशनलाई बताएअनुसार ती बसचालकले यात्रुहरूलाई कुकुर साथमा बसभित्र ल्याउन दिएका थिएनन् । बायोनका नगरप्रमुखले उक्त घटनालाई ’बर्बरतापूर्ण कार्य’ भन्दै निन्दा गरेका छन् । घटनापछि बस चालकहरूले काम गर्न नमानेका कारण क्षेत्रीय बस सेवा निकै प्रभावित भएको छ ।

प्रतिक्रिया