सरकारसँगको १२ बुँदे सहमतिपछि ‘इनफ इज इनफ’ अभियन्ताले तोडे अनसन


काठमाडौँ । सरकारसँगको १२ बुँदे सहमतिपछि पीसीआर परीक्षणको दायरा बढाउन तथा कोरोना रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै आएका ईशान श्रेष्ठ ’ई’ र पुकार बमले मंगलबार बिहान अनशन तोडेका छन् । मंगलबार बिहान ह्याम्स अस्पतालबाट उनीहरुले अनशन तोडेका हुन् ।

स्वास्थ्य अवस्था खस्किएपछि दुवैलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । बम र श्रेष्ठ १२ दिनअघि पाटन दरबार स्क्वायरबाट अनशन सुरु गरेका थिए । सहमति पत्रमा स्वास्थ्य मन्त्रालयका तर्फबाट डाक्टर रोशन पोखरेल र डाक्टर समिरकुमार अधिकारी र अभियानका तर्फबाट ’ई’ र बमले हस्ताक्षर गरेका छन् ।