काठमाडौं । सत्तारुढ नेकपाभित्र विवाद बढिरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्र बनाएकी छन् । आइतबार वरिष्ठ नेता माधवकुमार नेपाललसँग भेट गरेकी यान्छीले मंगलबार बिहान नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी हुन् । खनाललाई भेट्न राजदूत यान्छी डल्लुस्थित निवासमा पुगेकी थिइन्।
नेकपा भित्र विवाद बढ्दै जाँदा चिनियाँ राजदूतको सक्रियता बढेको हो । यसअघि पनि नेपकपा भित्र विवाद बढ्दा राजदूत यान्छीको सक्रियता बढेको थियो । झण्डै फुटको संघारमा पुगेको नेकपा राजदूतको सक्रियताले मेलमिलापमा परिणत भएको थियो ।
पहिलेको जस्तै फुटको संघारमा पुगेका बेला अहिले पनि राजदूत यान्छीले सक्रियता बढाएकी छन् । राजदूतको सक्रियातालाई लिएर नेकपाभित्रै पनि विरोध भएको छ भने विपक्षी दलले भने यस कदमको झनै विरोध गरेका छन् ।

प्रतिक्रिया