मन्त्रिपरिषद बैठक बस्दै, बैठकले आइजिपी नियुक्त गर्ने


काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । अपरान्ह चार बजे बस्ने बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गर्ने बताइएको छ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ ।