भरत दाहाल ।
पेचिलो परिदृष्यप्रति वस्तुवादी दृष्टिकोणको खाँचो छ । शासक दलभित्रको द्वन्दको निहितार्थ के हो ? यूरो-अमेरीकन र ईण्डियनहरुको डिजाईन के हो ? यो राष्ट्र र गैरराष्ट्रका बिचको द्वन्द हो कि होईन ? ओलीलाई ईण्डियन साम्राज्यवाद विरोधि र अर्को पक्षलाई यूरो-अमेरीकी साम्राज्यवाद विरोधिका रुपमा प्रस्तुत गर्नेहरुको तर्कमा कति दम छ ?
मेरो पहिलो मान्यता छ कि नेपालको नव-औपनिवेशिक राज्य प्रणालिलाई निर्देशित गर्ने चिन्तन (थट), यसका आधारमा संगठित गरिएको प्रणाली र यससंग जोडिएका मूल्य-मान्यताहरु सबै आयातित छन्। देशको मौलिकताभन्दा बाहिरका विदेशीले निर्यात गरेका यस्ता पराई कुराहरु बोकेर जस जसले देश बनाउने कुरा गरिरहेका छन्, ती सबै समान रुपमा देश विरोधि कित्ताका हुन्।
मेरो दोश्रो मान्यता छ कि दलका नाममा संगठित रहेका जति पनि कुतत्वहरु छन्, यी सबै एक ठाउँमा जुटाईएर नेपाल विरोधि मिशनमा प्रयोग गरिएका छन्। ०४७ साल यताका अघन्य अपराधहरु र ‘१२ बुँदे मिशन’का बारेमा कसैसंग कसैको विमति छैन। यस मानेमा यीनीहरु सबै नेपाल विरोधि मिशनमा फिट गरिएका पाटपूर्जाहरु हुन्।
माथिका २ वटा तथ्यहरुमा स्पष्ट भएर मात्र सत्ताधारी दलभित्रको द्वन्दलाई हेर्नु पर्दछ। त्यो भनेको तत्कालको अवस्थामा नेपालका लागि रणनीतिक रुपमा को बढी खरतनाक छ भन्ने प्रश्न हो। यो गुण र अवगुणका बिचको भिन्नताको कुरा नभएर अवगुणहरुका बिचको मात्रात्मक तुलनाको कुरा हो। तत्कालको अवस्थामा कायम रहेको दलिय समिकरणलाई भत्काएर MCC का नाममा अमेरीकालाई भित्र्याउने रणनीतिमा शेरबहादुर देउवासंग बनेको ओलीको अघोषित गठबन्धन र त्यसको मिलेमतोमा संकटकालसम्म लगाउने सोंच नै देशका लागि तत्कालको सबैभन्दा ठूलो खतरा हो।

प्रतिक्रिया