काठमाडौं । त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलका निर्देशक रजत कृष्ण श्रेष्ठलाई मलेसियामा सम्पन्न इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ मा ग्लोबल आइकन अवार्ड प्रदान गरिएको छ।
उक्त अवार्ड कार्यक्रम मंगलबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो। आयोजक संस्था अप्टिमेज ग्लोबलले स्वास्थ्य सेवा, सामाजिक योगदान, महिला सशक्तिकरण र मानव कल्याणका क्षेत्रमा श्रेष्ठले पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गरेको हो।

अवार्ड प्राप्त गरेपछि श्रेष्ठले आयोजक संस्था अप्टिमेज ग्लोबललाई धन्यवाद व्यक्त गर्दै, यो सम्मानले आफूलाई स्वास्थ्य र समाजसेवाको क्षेत्रमा अझ जिम्मेवार बनाएको बताए। उनले भने, ‘यो अवार्ड मेरो व्यक्तिगत मात्र होइन, सम्पूर्ण स्वास्थ्यकर्मी र समाजसेवीहरूको सामूहिक प्रयासको सम्मान हो। यसले मलाई देश र जनताको हितमा अझ बढी काम गर्न प्रेरित गरेको छ।’

कार्यक्रममा विश्वभरका सफल व्यवसायी तथा समाजसेवी व्यक्तित्वहरूको सहभागिता रहेको थियो। शुभेच्छुकहरूले अन्तर्राष्ट्रिय स्तरको यो सम्मानले नेपालमा समाजसेवाका क्षेत्रमा काम गर्नेहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने बताएका छन् ।

प्रतिक्रिया