काठमाडौं । नेपालका लागि इजरायलका पूर्वराजदूत हानान गोदारले विपिन जोशी एक उर्जावान युवा भएको स्मरण गरेका छन् ।
विपिनको मृत्यु पुष्टि भएपछि सामाजिक संजालमा विपिन सँगको तस्बिर राख्दै पूर्वराजदूत गोदारले विपिनलाई सधैं सम्झिरहने बताएका हुन् ।
उनले लेखेका छन्,‘ विपिन जोशी अब हाम्रा बीचमा रहनुभएको छैन । दुई वर्षको आशा अब अन्त्य भएको छ । मलाई नेपालबाट इजरायल जाने अघि विपिनलाई भेट्ने अवसर प्राप्त भएको थियो । उहाँ एक युवा, ऊर्जावान र क्षमतावान विद्यार्थी हुनुहुन्थ्यो, जसले आफ्नो परिवार, समुदाय र देशको भलाइका लागि केही राम्रो गर्न चाहनुहुन्थ्यो । शान्ति पाइयोस् विपिन, हामी सबैले तपाईंलाई धेरै सम्झनेछौं।’
लर्न एण्ड अर्न कार्यक्रमका लागि इजरायल गएका नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणमा १० नेपाली विद्यार्थीहरु मारिएका थिए । विपिन भने वेपत्ता पारिएका थिए । विपिनको सोमबार हमासले मृत्यु भएको भन्दै इजरायललाई शव हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया