माओवादी केन्द्रद्वारा पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएको छ ।

झुठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या गरेकाले सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले आइतबार साइबर ब्यूरोमा उजुरी दिएको माओवादी नेता लेखनाथ दाहालले जानकारी दिएका छन् ।

सुवेदीले एक अन्तवार्तामा जेनजी आन्दोलनको दुई दिनअघि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको निवासबाट दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको अभिव्यक्ति दिएका थिए ।

प्रचण्ड सचिवालयले सुवेदीको दाबी पुरै गलत र तथ्यहीन प्रचार भएको यसअघि नै बताइसकेको छ ।