जेनजी आन्दोलनका क्रममा भागेकामध्ये ५ हजार कैदीबन्दी अझै फर्किएनन्


काठमाडौँ । कारागार व्यवस्थापन विभागले जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट ५ हजार ५सय ४७ जना कैदीबन्दी अझै फरार रहेका जनाएको छ ।

विभागले आइतबार विज्ञप्ति जारी गरी राष्ट्र भारत र चीनसहित विभिन्न देशका कैदीहरू फरार रहेका जनाएको हो । यसमध्ये ५४० जना भारतीय नागरिक र १०८ जना अन्य देशका नागरिक रहेका विभागले जानकारी दिएको हो । फरार भएका कैदीबन्दीमध्ये ९ हजार ८ जना फिर्ता भइसकेका छन् ।

फरार कैदीबन्दीहरूलाई खोजी र नियन्त्रण गर्न गृह मन्त्रालयले असोज १० गते निर्णय गर्दै जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकृतको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ।