काठमाडौं । नेपाली सेनाले बेलायतमा भएको एक्सर्साइज क्यामब्रियन पट्रोलमा स्वर्ण पदक जितेको छ । असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त पट्रोलमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बेलायतसहित ३३ राष्ट्रको ११७ वटा टोलीले उक्त पट्रोलमा भाग लिएको थियो । सन् १९३० देखि वार्षिक रूपमा यो पट्रोल प्रतियोगिता हुँदै आएको छ।
नेपाली सेनाले भने सन् २०१४ देखि भाग लिन थालेको हो । दुई दिनभित्रमा हतियार तथा करिब ५० पाउण्ड तौल बराबरको उपकरण तथा बन्दोबस्तीका सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यास हो।
यस अभ्यासमा सहभागी भएका टोलीले विभिन्न तयारी, खबर संकलन र घाइते तथा बिरामीको व्यवस्थापन लगायतका लक्षताहरूको परीक्षण गरिने सेनाले जनाएको छ । यसअघि पनि नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण जितेको छ।





प्रतिक्रिया