कांग्रेस बैठकपछि महतले भने : निर्वाचन र संसद पुनर्स्थापना दुवैमा खुला हुनुपर्छ


काठमाडौं । नेपाली कांग्रेसकाे शुक्रबारको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले निर्वाचनलाई पनि प्रयोग गर्ने र संसद पुनर्स्थापनाको विकल्प पनि खुल्ला राखेर जानुपर्ने भन्दै दुवै विषयमा कांग्रेस तयार रहनुपर्ने सुझाव आएको जानकारी दिए ।

महतले भने, ‘संवैधानिक प्रबन्ध अनुसार त यो सरकार बनेको होइन, तर निर्वाचन गर्ने तिथि मिति तोकिएको छ । कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरालाई नकार्न सकिन्न तर सरकार निष्पक्ष रुपमा चुनावको वातावरण बनाउन गम्भीर देखिएको छैन । त्यसैले निर्वाचन गराउँछ कि गर्दैन हेर्नुपर्छ । संसद पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ ।’