काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउने २० जना बन्धकको नामावली सार्वजनिक गरेको छ । तर त्यसमा विपिन जोशीको नाम समावेश छैन । विपिन जीवित भएको आशासहित एक भिडियो समेत जारी भएको थियो ।
तर विपिनको स्थिति अझै ‘अज्ञात’ रहेको सीएनएनले जनाएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्स अलुमिममा आक्रमण गर्दा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन हालसम्म जिवितै रहेको विश्वास गरिए पनि, ४८ बन्धकमध्ये २६ को मृत्यु पुष्टि भइसकेको र विपिनको अवस्था अज्ञात रहेको छ ।




प्रतिक्रिया