काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका हरेक फौजदारी कसुरका घटनामा कारबाही गर्न सरकार तयार हुनुपर्ने बताएकी छन् ।
सामाजिक संजालमार्फत उनले आफू पनि कसुरदार ठहर भए कारबाही भोग्न तयार रहेको बताएकी हुन् । भदौ २४ गते सिंहदरबार जलिरहँदा सडकमा खुसी मनाइरहेका आफ्नो तस्बिर सामाजिक संजालमा भाइरल बनाइपछि उनले यस्तो बताएकी हुन् ।
उनले आफू सिंहदरबार जलेकोमा खुसी नभई जित भएकोमा खुसी भएको बताइन् । उनले भनिन्, ‘त्यो फोटोसम्बन्धी पनि यहाँहरूलाई धेरै प्रश्नहरू छन् । सेप्टेम्बर ८ मा हामीमाथि जे व्यवहार भयो । त्यसको आक्रोशलाई लिएर हामी सेप्टेम्बर ९ मा आन्दोलनमा उत्रिएका थियौँ । सिंहदरबार हाम्रो राज्यको प्रतीक भएको हिसाबले एउटा विम्ब स्वरुप मैले हामीले जित्यौँ भनेर जितको खुसी मनाएर त्यहाँनेर फोटो राखेको थिएँ । त्योभन्दा बाहेक त्यो फोटो केही पनि थिएन ।’

प्रतिक्रिया