भैरहवामा अलपत्र एक सय ५७ यात्रुको हवाई उद्धार


रुपन्देही । अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ।

नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३:४३ बजे भैरहवा अवतरण भएको थियो।

भैरहवाबाट भने विमानले ५:४० बजे एक सय ५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।

उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए।