कोशी र बागमती प्रदेशका १८ राजमार्ग अवरुद्ध


काठमाडौं । बाढीपहिरो कारण कोशी र बागमती प्रदेशका १८ राजमार्ग तथा मुख्य सडक अवरुद्ध रहेका छन् । नेपाल प्रहरीकाअनुसार सोमबार बिहानसम्म बीपी, कोशी, मेची, मदनभण्डारीलगायत राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका र सुनकोशी गाउँपालिकामा पहिरो गएको छ । त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ४, चारकिलोमा पहिरो गएर अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

त्यसैगरी, इलाम नगरपालिका– ९ राजदुवालीलगायत स्थानमा अविरल वर्षाका कारण मेची राजमार्ग, सङ्खुवासभाको भोटखोला गाउँपालिका– ४, बरुणखोला र मकालु गाउँपालिका– ३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको छ ।