काठमाडौं । असोज १८ र १९ गतेको विपदका घटनामा परी मृत्यु हुनेको संख्या ५२ पुगेको छ । सशस्त्र प्रहरीकाअनुसार बाढीमा परी खोटाङमा २ जना, पाँचथरमा जिप दुर्घटनामा ६ र पहिरोमा परी १ जनाको मृत्यु भएको छ ।
त्यस्तै बाढीमा परी उदयपुरमा २ जना, इलाममा पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी रौतहटमा बाढीमा परी १ जना, चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया