काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोलगायतको विपदमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ ।
त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ । त्यस्तै बाढीपहिरोमा परी ७ जना बेपत्ता छन् भने २० भन्दा बढी घाइते भएका सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।


प्रतिक्रिया