ठूलो पानी पर्न कम हुँदै


काठमाडौं । अहिले धेरैजसो जिल्लामा ठूलो पानी पर्न कम भएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा बढी ललितपुरको खुमलटारमा (३.६ मिलिमिटर) पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै काठमाडौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका कुनै कुनै ठाउँमा पानी परिरहेको छ।