काठमाडौं । सरकारले कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थल पुग्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरी आमन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजैसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
मन्त्रालयले कार्यस्थल पुगेर विपद पूर्वतयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको जनाएको छ । शुक्रबारदेखि देशभर भारी वर्षा भइरहेको छ ।


प्रतिक्रिया