जापानमा भालु आक्रमणको कारण एक जनाको मृत्यु, एक बेपत्ता


टोकियो। उत्तरी जापानमा च्याउ टिप्ने क्रममा भालुले आक्रमण गरेपछि एक महिलाको मृत्यु हुनुका साथै अर्को एक जना बेपत्ता भएको प्रहरी तथा स्थानीय मिडियाले शनिबार जनाएका छन् ।

हालसालैका वर्षहरूमा जापानमा, आवासीय क्षेत्रहरूमा पनि, घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारण अधिक मात्रामा जङ्गली भालुहरू देखिएका छन् ।

महिलालाई भालुले आक्रमण गरे पछि स्थानीयतथा मिडियाले प्रहरीलाइ रिपोर्ट गरेको र अझै मृत्युको कारण बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मृतृकको शरीरमा भएको चोटका आधारमा जनावरले आक्रमण गरेको प्रहरीले विश्वास गरेको सार्वजनिक प्रसारणकर्ता एन. एच. के. ले जनाएको छ ।

असाही सिम्बु दैनिकका अनुसार नागानो प्रान्तमा ७८ वर्षीय व्यक्तिको शव फेला परेको र मृत्यु भालुको आक्रमण बाट भएको प्रहरीले अनुमान गरेको रिपोर्ट गरेको छ ।

गत महिना, जापानले भालुको आक्रमणमा वृद्धि भएपछि निर्मित क्षेत्रहरूमा शिकारीहरूलाई राइफल प्रयोग गर्न सजिलो बनाउन हात हतियार सम्बन्धि नियमहरू सहज बनाएको थियो ।

एनएचकेका अनुसार राष्ट्रव्यापी रूपमा ६९ जना भालुको आक्रमणले घाइते भएका थिए, जस मध्ये पाँच जनाको यस वर्षको अप्रिल र अगस्टको बिचमा मृत्यु भएको थियो ।

सरकारी तथ्याङ्कले गत वर्षमा भालुले ८५ जनालाई आक्रमण गरेको र तीन जनाको मृत्यु भएको देखाएको छ । यसै गरी अघिल्लो वर्ष भालुले २१९ जनालाई आक्रमण गर्दा ६ जनाको मृत्यु भएको जनाइएको छ ।