काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय हन नसक्ने बताएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय नभएको तर समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ। नेकपा (एमाले) ले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ। राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन । खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ। समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन।’

प्रतिक्रिया