प्राधिकरणले भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म अत्यन्त जरुरी नपरी टाढाको यात्रा नगर्नु


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना देखिएकाले यस अवधिमा अत्यन्त जरुरी नपरी टाढाको यात्रा नगर्न सुझाव दिएको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। यस क्रममा नारायणी, बागमती, कमला र कोसी नदीमा बहाब खतरा तह आसपास पुग्न सक्ने देखिएको बताएपछि प्राधिकरणले यस्तो बताएको हो ।