क्यानले गर्यो सन्दीपलाई निलम्बन


काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर सन्दीप लामिछानेमाथि निलम्बन गरेको छ । यही सेप्टेम्बर २७ देखि ३० सम्म यूएईको सारजह क्रिकेट मैदानमा पहिलोपटक नेपाल र वेस्ट इन्डिजबीच टी २० सिरिज आयोजना गरिएको थियो ।

सिरिजमा खेल्नका लागि समावेश सन्दीपले खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि मात्रै नखेल्ने निर्णय गरेकोले उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी र समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएकोले टिम म्यानेजमेन्टको सिफारिसमा प्रतियोगिता अवधिभर निलम्बन गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

सिरिजमा नेपालले वेस्ट इन्डिजमाथि २–१ को नजितासहित ऐतिहासिक रुपमा कब्जा गरेको थियो । क्यानले राष्ट्रिय टोलीको अबको लक्ष्य अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी मेन्स टी २० विश्वकप एसिया÷इएपी फाइनल प्रतियोगितामा विजयी भई विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुनु रहेको पनि जनाएको छ।